भारतको जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना, १० सैनिकको मृत्यु
८ माघ २०८२, बिहिवार
८ माघ २०८२, बिहिवार
काठमाडौँ । भारतको जम्मू कश्मीरको डोडा जिल्लाको भदरवाहमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु भएको छ ।
जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाको कार्यालयले डोडामा भएको सडक दुर्घटनामा १० भारतीय सेनाका सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।
दुर्घटनामा अन्य दस जना घाइते भएको बताइएको छ । केन्द्रीय मन्त्री जितेन्द्र सिंहले पनि घटनाप्रति दुख व्यक्त गरेका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio