बाँके मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ९ जनाविरुद्ध मुद्धा दायर
८ माघ २०८२, बिहिवार
८ माघ २०८२, बिहिवार
काठमाडौँ । मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी समेत ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक बेतहनी गाविस- ४ को जग्गाहरु गैरकानूनी ढंगले सिफारिस तथा निर्णय गरेर राज्यलाई २२ लाख ४२ हजार ७२० नोक्सानी पुर्याएको आरोप लगाउदै विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।
अख्तियारले मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी, तत्कालीन मालपोत अधिकृत अशोक कुमार भट्टराई, तत्कालीन नायव सुब्बा तारा प्रसाद खनाल, साविक बेतहनी गाविसका तत्कालीन सचिव मान बहादुर बोगटी, तत्कालीन नायव सुब्बा कर्ण बहादुर पुन, डुडुवा गाउपालिका वडा नम्बर २ बस्ने लिलावती कैराती र डुडुवा गाउपालिका वडा नम्बर २ बस्ने विरेन्द्र कुमार कुर्मीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio