Sunday, 19 April 2026
×
समाचार
   

एलपीजी ग्याँस बोकेको ट्यांकर दुर्घटना

१५ पुष २०८२, मंगलवार

एलपीजी ग्याँस बोकेको ट्यांकर दुर्घटना

रौतहट । पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर-धन्सार बीचमा एलपीजी ग्यास बोकेको ट्यांकर दुर्घटना भएको छ ।

ग्यास बोकेको ट्यांकर बीच सडकमा दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पल्टिएको ग्यास लिक भ‌इरहेकाले दुर्घटना जोखिम बढेपछि प्रहरीले दुवै तर्फको आवागन रोकेको छ । दुर्घटना क्षेत्रमा जंगलमा परेकाले सर्वसाधारणलाई त्यसतर्फ नजान प्रहरीले अनुरोध गरेको छ ।

अहिले दुर्घटनाग्रस्त ग्यासको ट्याङ्कर ६ वटा क्रेनको सहायताले उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । साथै सवारीलाई अहिले बालचनपुर - जङ्गलसैया - धन्सार हुँदै डाइभर्सन गरेर पठाइएको जानकारी दिएको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :