Sunday, 19 April 2026
×
समाचार
   

ग्याँस बुलेट पल्टिएर अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग २४ घण्टापछि सुचारु

१६ पुष २०८२, बुधवार

ग्याँस बुलेट पल्टिएर अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग २४ घण्टापछि सुचारु

रौतहट । ग्याँस बुलेट पल्टिएर अवरुद्ध भएको रौतहटको पूर्व पश्चिम राजमार्ग २४ घण्टापछि खुलेको छ ।

रौतहटको चन्द्रनिगाहपुर-धन्सार बीचमा मंगलबार बिहान करिब ७ बजे पल्टिएको ग्याँस बुलेट २४ घण्टापछि सडकबाट हटाएसँगै राजमार्ग सुचारु भएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

ग्यास बोकेको ट्यांकर बीच सडकमा दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग मंगलबार बिहान ७ बजेदेखि नै अवरुद्ध भएको थियो । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :