जबरजस्ती करणी गरेको अभियोगमा धादिङबाट पक्राउ
२१ माघ २०८२, बुधवार
२१ माघ २०८२, बुधवार
धादिङ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गल्छी गाउँपालिका-१ बस्ने २४ वर्षीय बिशाल खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio