Sunday, 19 April 2026
×
विचार
   
भिडियो
   
खेलकुद
   
इतिहास
   

ज्यान मुद्धा अनुसन्धानमा स्माट कार्ड लाइसेन्स

९ माघ २०७९, सोमवार

ज्यान मुद्धा अनुसन्धानमा स्माट कार्ड लाइसेन्स

मधेश प्रदेशको लहान याताताका कर्मचारी लेखाईको अशुद्धताले जनता सास्ती भोग्दै आई रहेका छन । कर्मचारीहरुले आँखा बन्द गरेर लेखेको हो कि आँखै नभएका कर्मचारीले काम गरेका छन जनता बुझन सकि रहेका छैनन् । जिप्रका अनुसन्धान शाखाले पठाएका पत्रको प्रतिउत्तर दिदै यातायात व्यवस्था कार्यालयले ३ गते हुनु पर्नेमा अन्यथा भएकोमा धर्मराज पौडौल सहायक अधिकृतले नपढी नहेरी आँखा बन्दगरी हस्ताक्षर गरि दिइए । २०७९।०९। ११३ गतेको निर्णय च.नं. ४२७५ को पत्रमा उल्लेखित जानकी महतोको नाती धनिराम महतो कोइरीको छोरा शम्भु महतोले यस कार्यालयबाट सवारी चालक अनुमति पत्र प्राप्त अभिलेख कम्प्यूटरमा खोजी गर्दा कार्यालयमा नभेटिएको व्यहोरा जिल्ला प्रहरी कार्यालय सिरहालाई जानकारी गराएकाको पत्रमा उल्लेख गरिएको छ । 
चन्देश्वर यादवको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी शम्भु महतोको नाउँमा यातायात व्यवस्था कार्यालय जनकपुरले सवारी ज्यान मुद्धामा अनुसन्धानको सिलसिलामा पक्राउ परेका शम्भु महतोले ट्याक्टर सावरी चालक अनुमति पत्र लिएको छ छैन लिएको छ भने निजको नाउँको ट्याक्टर चलाउने सावारी चालकको अनुमति पत्रको प्रतिलिपी र नलिएको भए सोही अनुसारको व्यहोरा जिप्रका अनुसन्धान शाखाले पठाएका थिए । 
स्मार्ट कार्ड लिन पनि त्यति नै ग्राहो रहेको छ भने रिनुवल र नामसारी गराउन झन कठिनाइ भइ रहेको छ । कर्मचारीले आफ्नो दायित्व विर्सेर कामबाट पञ्क्षीन खोजिरहेको छ  ।सेवाग्राहीले काम गर्न दियो भने त्यसमा पनि धेरै अशुद्धता लेखिएको हुन्छ । यो अशुद्धता सच्याउन सेवाग्राहीहरु धाएको धाए हुन्छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :