Thursday, 23 April 2026
×
समाचार
   

काठमाडौँ महानगरका-२२ का पूर्व वडाअध्यक्ष स्थापितको निधन

२ माघ २०८२, शुक्रवार

काठमाडौँ महानगरका-२२ का पूर्व वडाअध्यक्ष स्थापितको निधन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडा नम्बर २२ का पूर्वअध्यक्ष माणिकरत्न स्थापितको हृदयाघातका कारण मृत्यु भएको छ ।

८२ वर्षिय स्थापितको बिहीबार राती निधन भएको हो । उनका श्रीमती, २ छोरा र १ जना छोरी रहेका छन् । उनको आज टेकुस्थित जम्बुदीपमा अन्त्येष्टि गरिने निर्णय गरिएको वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिएका छन् । 

पेशाले इञ्जिनियर स्थापित इञ्जिनियरिङ् पेशा छोडेर २०४४ सालमा पहिलो पटक जनपक्षीय उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा होमिएका थिए । २०४६ सालमा प्रजातन्त्र पुनवहाली भएपछि २०४९ सालको स्थानीय निर्वाचनमा उनी नेकपा एमालेको उम्मेद्वारका रुपमा विजयी भएका थिए । 

त्यस यता संकटा क्लवको सल्लाहकारलगायत स्थानीय क्लव तथा संघसंस्थामा आवद्ध भएर सामाजिक काममा सक्रिय रहेका थिए । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :