Sunday, 19 April 2026
×
समाचार
   

नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

२७ माघ २०८२, मंगलवार

नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२ पुलचोकस्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको भरतपुर महानगरपालिका–२० बस्ने २० वर्षिय सविना परियार नारायणी पुलबाट सो नदिनमा हाम फालेकी थिईन् ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोलेको कमाण्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरेको हो । उद्धार पश्चात उनलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाईएको छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :