Sunday, 19 April 2026
×
समाचार
   

ओखलढुङ्गामा वृद्ध दम्पति हत्यामा संलग्न दुई जना पक्राउ

२५ माघ २०८२, आइतवार

ओखलढुङ्गामा वृद्ध दम्पति हत्यामा संलग्न दुई जना पक्राउ

काठमाडौँ । ओखलढुङ्गामा यहि माघ १२ गते राति वृद्ध दम्पत्ती हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । 

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका- ६ बोहोरेस्थित अन्दाजी वर्ष ८१ का चन्द्र बिक्रम राई र निजको श्रीमती अन्दाजी वर्ष ८० की चन्द्र माया राईको हत्यामा संलग्न रहेको आरोपमा ओखलढुङ्गाकै ३४ बर्षिय धनबहादुर राना र १७ बर्षिय एक जना बालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँबाट पक्राउ गरेको हो । 

ब्यूरोले लुटपाट गर्ने योजना बनाई अर्को अभियुक्तसंग काठमाडौंदेखि घटना स्थल गई हत्या तथा लुटपाटमा संलग्न भई लुटपाट गरिएका दसी प्रमाणका सामानहरू प्रयोग तथा व्यवस्थापन गरेको बताएको छ ।

प्रहरीले हत्यामा प्रयोग भएको कोदालो, प्रतिवादीको डेरा कोठाबाट मृतक चन्द्रमाया राईले प्रयोग गर्ने गरेको मोवाईल, प्रतिवादीहरूले घटनाको क्रममा प्रयोग गरेको २ थान मोवाईललगायतका समान बरामद गरेको जनाएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :