Tuesday, 21 April 2026
×
समाचार
   

पत्रकार महासंघका पूर्वसभापति दाहालको निधन

२६ पुष २०८२, शनिवार

पत्रकार महासंघका पूर्वसभापति दाहालको निधन

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको गएराति निधन भएको छ ।

पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेका ८४ बर्षिय दाहाल हृदयाघात भएपछि वीरअस्पतालमा निधन भएको काँग्रेस नेता रामहरी खतिवडाले जानकारी दिएका छन् ।

ओखलढुंगा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए । 

नेता खतिवडाका अनुसार उनको आज बिहान साढे ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिएका छन् ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :