रञ्जिता नेतृत्वको नाउपाको नेपाली कम्युनिस्ट पार्टीसँग एकता
१४ पुष २०८२, सोमवार
१४ पुष २०८२, सोमवार
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकता भएको छ ।
सोमबार पेरिसडाँडामा भएको वार्तापछि दुई पार्टी एक भएका हुन् । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी, चुनाब चिन्ह तारा मान्ने सहमति भएको छ ।
दुवै दलबीच १० बुँदे सहमति गर्दै एकता भएको हो । एकताको सहमतिमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio