Sunday, 19 April 2026
×
समाचार
   
पत्रपत्रिकाबाट
   

रातभर बसेर कालीमाटी भित्रिने तरकारीको विषादी परीक्षण, खानै नमिल्नेसम्म भेटिए

१० माघ २०८१, बिहिवार

रातभर बसेर कालीमाटी भित्रिने तरकारीको विषादी परीक्षण, खानै नमिल्नेसम्म भेटिए

रातभर बसेर कालीमाटी भित्रिने तरकारीको विषादी परीक्षण, खानै नमिल्नेसम्म भेटिए

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी तरकारी बजारमा भित्रिने तरकारीको विषादी परीक्षण गरेको छ ।  विभागले सञ्चालनमा ल्याएको मोबाइल फुड ल्याब भ्यानमार्फत् विभागको स्यापिड रेसपोन्स टिम (आरआरटी)मार्फत त्यस्तो परीक्षण गरिएको हो । मंगलबार राती ११ बजेदेखि बुधबार बिहान ४ बजेसम्म गरिएको थियो ।  कालीमाटी बजारमा भित्रिने तरकारी ढुवानी गरिने साधनबाटै तरकारी तथा फलफूलको नमुना सङ्कलन गरिएको थियो । त्यसरी सङ्कलित नमुनालाई आरबीपीआर विधिबाट किटनाशक विषादी अवशेषको परीक्षण गरिएको हो।  अनुमगनको क्रममा १०८ वटा गाडीमा आएका आलु, प्याज, गोलभेडा, फूलगोवी, बन्दाकोभी, खुर्सानी, धनिया, फर्सी, काँक्रा, रायो साग, ब्रोकाउली, तरुल, च्याउ, लसुन, हरियो प्याज, बोडी, चम्सुर, भन्टा, गाँजर, हरियो सिमी तथा सुन्तला लगायत २२ प्रकारका तरकारी तथा फलफूलका १५० वटा नमुनाहरूको परीक्षण गरिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए ।  उक्त परीक्षणमा न्यूनतम एक देखि अधिकतम ४२ प्रतिशतसम्म इन्जाइम इन्हिबिशन पाइएको विभागले जनाएको छ । आरबीपीआर मापदण्ड बमोजिम इन्जाइम इन्हिबिशन ३५ प्रतिशतसम्मलाई खानयोग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशत इन्जाइम इन्हिभिशन भएकोलाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशत भन्दा बढी आएमा नष्ट गरिने प्रावधान छ।  परीक्षण गरिएकामध्ये चितवनबाट ल्याइएको हरियो सिमीको नमूनामा ४२ प्रतिशत इन्जाइम इन्हिबिशन पाइएको थियो । व्यवसायी रामकुमार थपलियाले ल्याएको ११४ किलो सिमी तीन दिनसम्म क्वारेन्टाइन होल्ड गर्न लगाइएको छ ।  कालीमाटीमा भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ, चितवन, परासी, मकवानपुर, सर्लाही, सिन्धुली, तनहुँ, पर्वत, काठमाडौँ, स्याङ्जा, गोर्खा, ललितपुर, पर्सा, रामेछाप, सुनसरी, बारा, कास्की लगायत २० जिल्ला र एउटा गाडी भारतबाटा आएको थियो 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *