Thursday, 23 April 2026
×
समाचार
   

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

१ माघ २०८२, बिहिवार

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–८ उल्टी फुल चौक सडक खण्ड छेउमा दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

मार्वल लोड भएको ट्रक बिहीबार बिहान हुलाकी राजमार्गअन्तर्गत भोक्रहा नरसिंह गाउँपालिका–८ फुलचौक जाने बाटोमा दुर्घटना भएको हो । प्रहरीले मृतकहरुको सनाखत हुन बाँकी रहेको र शव पोष्ट मार्टमका लागि जिल्ला अस्पातल लागिन लागेको बताएको छ । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :