Tuesday, 21 April 2026
×
समाचार
   

श्रीमतीको हत्या गरेको अभियोगमा गोरखाबाट पक्राउ

२४ पुष २०८२, बिहिवार

श्रीमतीको हत्या गरेको अभियोगमा गोरखाबाट पक्राउ

गोरखा । आफ्नै श्रीमती २१ वर्षीया अनुष्का परियारको हत्या गरेको अभियोगमा पालुङटार नगरपालिका-३ बोगटीगाउँ बस्ने शंकर सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

शंकरले कुटपिट गर्दा अनुष्का गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गेको हो । कुटपिटबाट घाइते भएकी अनुष्काको आँपपिपल अस्पताल हर्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :