Thursday, 23 April 2026
×
समाचार
   

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

१ माघ २०८२, बिहिवार

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

भक्तपुर । आफ्नै श्रीमती ३८ वर्षीया लाल माया तामाङको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोमना डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका ३७ वर्षीय लनाम तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

लनामले वादविवादको क्रममा सिलौटो प्रहार गर्दा लाल मायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :