उपभोक्ता समितिको कोष हिनामिना गरेको आरोपमा अध्यक्षसहित चार जनाविरुद्ध मुद्धा दायर
२२ पुष २०८२, मंगलवार
२२ पुष २०८२, मंगलवार
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका, वडा नम्बर १ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मिना कुमारी चौधरीसमेत ४ जनाविरुद्ध समितिको कोष हिनामिना गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिको ५ लाख १५ हजार ३०२ हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
अख्तियारले उपभोक्ता समूहकी अध्यक्ष मिना कुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी र कोषाध्यक्ष निलम चौधरी थारू र दर्तावाल लेखापरीक्षक तनुक लाल चौधरीविरुद्ध ५ लाख १५ हजार ३०२ बिगो माग गर्दै कानुन अनुसार सजाय माग गर्दै मंगलबार मुद्धा दायर भएको जनाएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio