Sunday, 19 April 2026
×
समाचार
   

उदयपुर, डडेल्धुरा र सुर्खेतबाट जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ

२७ माघ २०८२, मंगलवार

उदयपुर, डडेल्धुरा र सुर्खेतबाट जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । उदयपुर, डडेल्धुरा र सुर्खेतमा जबरजस्ती करणीका छुट्टाछुट्टै घटनामा तीन जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–९, रातमाटेका २३ वर्षीय लक्ष्मण पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

त्यस्तै, डडेल्धुरामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अमरगढी नगरपालिका–११ का २९ वर्षीय सुरेश सार्कीलाई प्रहरीले पक्राउ गरेको छ। उजुरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी, सुर्खेतमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय बले खाँडलाई प्रहरीले पक्राउ गरेको छ। पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

तीनै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :