Sunday, 19 April 2026
×
समाचार
   

युके पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

२१ पुष २०८२, सोमवार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिका-१ बस्ने प्युठान, प्युठान नगरपालिका-९ घर भएका ३९ वर्षीय इन्द्र बहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका ४० वर्षीय आईते तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३४ वर्षीय बिजय गुरूङ रहेका छन् । 

पक्राउ मध्ये इन्द्र र आईतेले युके पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट १३ लाख रूपैयाँ र बिजयले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इन्द्र र आईतेलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट र बिजयलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । 

पक्राउ मध्ये इन्द्र र आईतेलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा बिजयलाई वैदशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :